एनआरएनए अफ्रिका २० हजार डलरको आपतकालीन राहत कोष स्थापना गरेर कोरोना विरुद्ध लड्दै

डिसी नेपाल
१४ वैशाख २०७७ ११:४२

तान्जानिया । अफ्रिकामा रहेका एनआरएनए सदस्यद्वारा गठित एनआरएनए अफ्रिका राहत कोषको पहिलो अनलाइन बैठक सम्पन्न भएको छ।

कोषका संस्थापक संयोजक हिक्मत थापाको अध्यक्षतामा संचालित उक्त बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना प्रकोप र उक्त प्रकोपका कारण अफ्रीकामा रहेका नेपालीहरुमा पर्नसक्ने समस्या र उद्धारका बिषयमा छलफल भएको छ। कोरोना भाइरसको प्रकोप अफ्रीकाका अधिकांश मुलुकहरुमा समेत तिव्ररुपमा फैलिएको हुनाले उक्त प्रकोपबाट अफ्रिकामा रहेका नेपालीहरुलाई पर्न सक्ने अप्ठ्यारो स्थितिमा राहत एवं उद्धारको लागि सहयोग जुटाउने अभियानअन्तर्गत उक्त बैठक बसेको थियो।

उक्त अनलाइन बैठकमा अफ्रीकाका विभिन्न देशहरुमा रहंदै आउनुभएका एनआरएनएन अध्यक्ष र एनआरएनएका सक्रिय अभियन्ताहरुको उपस्थित रहेको थियो। बैठकले लिखित एजेन्डामाथी छलफल गर्दै सोहिअनुरुप निर्णयलाई कार्वान्यय गर्दै अंघाढि बढ्ने निष्कर्ष निकालेको छ।

साथै बैठकले कोष संचालन समितिको गठन गर्दै कोषका संस्थापक संयोजक हिक्मत थापालाई पुनश्चस् संयोजकमा चयन गर्दै सबै एनसिसि का अध्यक्ष र एनसीसी नभएको देशबाट उक्त कोषका लागि कार्यरत एक/एक जना साथी पदेन सदस्य रहने गरि सर्वसहमतिमा पदाधिकारी सहितको कोष संचालन समितीको गठन गरेको छ।

जसअन्तर्गत संयोजकमा हिक्मत थापा, सह-संयोजकमा रोशन थापा, बिदुर खनाल, सदस्य सचिवमा रमेश कंडेल र कोषाध्यक्षमा कुल कार्कीलाई चयन गरेको छ। साथै बैठकले आवश्यकताअनुसार कोष संचालन समितिमा संयोजकले अन्य २ सदस्यलाई समेत थप गर्नसक्ने प्रावधान राखेको छ।

कोषमा हालसम्म ११ सय ६०० अमेरिकी डलर जम्मा गर्ने प्रतिवद्धता आएको छ । उक्त रकमलाई बढाएर २० हजार अमेरिकी डलर पुर्याउने प्रतिवद्धता बैठकले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *