२० तस्बिरमा हेर्नुहोस् एक महिना लामो लकडाउनपछि फेरिएको काठमाडौँ

अमृत पौडेल
१५ वैशाख २०७७ ११:१७

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव पारेको छ । कोरोनाको प्रभावसँगै नेपालमा कोरोनाको महामारी फैलिन नदिनका लागि लकडाउन गरिएको छ । लकडाउन घोषणा भएको पनि आज ३४ दिन पुगेको छ ।

लकडाउनसँगै संघीय राजधानी काठमाडौँका सडकहरु सफा चट्ट देखिन थालेका छन् । यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लकडाउनको मौका छोपेर राजधानीका सडकहरु मर्मत गरिरहेको छ । सँधै व्यस्त र धुलाम्य देखिने सडकहरु अरुले शान्त र चिटिक्क देखिएका छन् ।

राजधानी काठमाडौँको नाका मानिने सबैभन्दा व्यस्त कलंकी क्षेत्र पनि यतिबेला निकै शान्त देखिएको छ । चीनले बनाईदिएको अण्डरपाससँगै रिङ्रोड क्षेत्र पनि शान्त छ । राजधानी बाहिरिने र भित्रिने मानिसले कोलाहल देखिने कलंकीले लकडाउनसँगै शान्तिको सास फेरेको छ ।

नेपालमा आज (सोमबार) सम्म ५२ जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमित मध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्य ३६ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपालमा हालसम्म ५१ हजार ३६७ जनाको कोरोना परीक्षण गरिएको छ।

सबै तस्बिर : अमृत पौडेल डिसी/नेपाल डटकम




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *