सहकर्मीको जागिर खोसेको आरोप लागेपछि एनआरएनए इजरायलकी अध्यक्षले दिइन् राजीनामा

डिसी नेपाल
१९ वैशाख २०७७ ११:२८

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) इजरायलकी अध्यक्ष शान्ता अधिकारी ज्ञवालीले अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार पदबाट राजीनामा दिएकी हुन् । इजरायलमा कार्यरत ज्ञवालीमाथि आफ्नै सहकर्मीको जागिर खोसेको आरोप लागेको थियो ।

इजरायलमा शान्तासँगै काम गर्ने भारतीय पासपोर्ट वाहक नेपाली भाषी ज्योति कार्कीले आफ्नो जागिर खोसेको आरोप लगाएकी थिइन् । कार्कीका अनुसार शान्ताले उनलाई इजरायलमा एक वृद्धको केयरगिभरको रुपमा काम लगाइदिएकी थिइन् । शान्ता स्वयंले अर्की उक वृद्धाको स्याहारको काम गर्थिन् र उनले कार्कीलाई काम लगाइदिएका वृद्ध तिनै वृद्धाका पूर्वपति थिए ।

कार्कीको काम अगाडि बढ्दै जाँदा उनको भिसाको प्रक्रिया पनि अगाडि बढिरहेको थियो र उनलाई काममा शान्ताले सहयोग पनि गरेकी थिइन् । तर, पछि अचानक शान्ताले स्याहार गर्दै आएकी वृद्धाको मृत्यु भएपछि उनी कामविहीन भइन् । त्यसपछि शान्ताले उनका पूर्वपतिको स्याहारको काममा जाने इच्छा व्यक्त गरिन् । यसरी शान्ता आएपछि आफ्नो काम खोसिएको कार्कीले आरोप लगाएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *