सगुनले लगानीकर्ताहरु बीच वेविनार गर्दै

डिसी नेपाल
२० वैशाख २०७७ ३:०८

 

मानव सभ्यतामाथि नै संकट मडारिइरहेको हालको प्रतिकूल अवस्थामा विश्वका सबै राष्ट्रहरु आफ्ना नागरिकहरुलाई बचाउने र संयुक्तरुपमा मिलेर यसको स्थायी उपचार पत्ता लगाउने महाअभियानमा जुटिरहेका छन् । अधिकांश मानिसहरु आफू जोगिन र अरुलाई जोगाउन काम, व्यवशाय छोडेर घरभित्र बस्नु परिरहेको छ । यस्तो अवस्थामा विभिन्न व्यवशाय वा कम्पनीहरुमा आफूले गरेका लगानीका बारेमा चिन्ता हुनु स्वाभाविक नै हो । यसै कुरालाई ध्यानमा राखेर सगुनले यसको वर्तमान अवस्था र यसमा गरिएको लगानीका बारेमा विश्वभरिका आफ्ना लगानीकर्ताहरुलाई जानकारी गराउने क्रम थालेको छ । यसै सिलसिलामा यही मे महिनामा अमेरिकाका लगानीकर्ताहरु बीच पुग्ने सगुनको योजना रहेको सगुनले जनाएको छ ।

सगुनले निम्नानुसारको जानकारी उपलब्ध गराएको छः
–      सामाजिक सञ्जाल र इकमर्शको क्षेत्रमा नयाँ सोच लिएर अघि बढिरहेको सगुनले नयाँ दूरी पार गरेको छ । सन् २०१७ मा एन्ड्रोइड एप शुरु गर्दा ६ लाख प्रयोगकर्ता भएको सगुन अहिले ५४ लाख प्रयोगकर्तालाई आकर्षण् गर्न सफल भएको छ । त्यस्तै स्थापनाकालमा दुई मिलियनबाट शुरु भएको कम्पनीलाई अमेरिकी सरकारको सेक्युरिटी एक्सचेञ्ज कमिशन (एस्ईसी) ले १२६ मिलियनको मूल्याङ्कनलाई मान्यता दिएको छ । लगानीकर्ताहरुका लागि यो खुशीको कुरो हो ।

–      सगुनले पहिलो मिनि आइपीओपश्चात ७०० प्रतिशतभन्दा बढी युजर ग्रोथ गरेको जनाएको छ । अमेरिका, भारत र नेपालमा दर्ता भएको यस कम्पनीले कम्पनी बाहिरको लागि ६० भन्दा बढी देशहरुका ४००० भन्दा बढि लगनाीकर्ताहरुले लगानीको अवसरलाइ ग्रहण गरेका थिए ।

–      व्यक्तिका रुचिका आधारमा छुट्टाछुट्टै शीर्षकहरु उपलब्ध भएको सगुनमा प्रयोगकर्ताहरुले यसलाई ज्ञानमा आधारित सामाजिक सञ्जालकारुपमा रुचाइएको पाइएको छ । आबश्यकता र मागका आधारमा नयाँ शीर्षक थपिदैं जाने सिलसिलामा हाल विश्वमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड–१९) का सम्वन्धमा जानकारी र सजगताकालागि कोरोना इन्फो शीर्षक राखिएको छ ।

सगुनले आफ्नो साइटमा जनाएअनुसार यसको एपमा ५१ मिलियन भन्दा बढी सगुनमा पोष्ट गरिएका कन्टेन्ट हेरिइएका छन् भने युजरले १ घण्टा ४४ मिनेट औसत समय बिताउँछन् र औसत प्रयोगकर्ताहरुले प्रत्येक दिन २३ पटक एप खोल्ने गरेका छन् । ठूला मिडियामा समय विताउने औसत समय १ मिनेट देखि ५८ मिनेटसम्म हुने देखिन्छ ।

आफ्ना प्रयोगकर्ताले सगुनमा लगानी गरेको आफ्नो समयबापत प्रत्येक प्रयोगकर्तालाई मुनाफा शेयर गर्ने अवधारणा बोकेको सगुन अन्य सोसियल तथा अनलाइन मिडिया व्यवशायभन्दा फरक छ । यही मुनाफा शेयर गर्ने अवधारणालाई सगुनले प्रयोगमा ल्याउन शुरु गरिसकेको छ । जसअनुसार सगुन प्रयोग गर्ने हरेक प्रयोगकर्ताहरुले उनीहरुले सगुनमा विताएको समयका आधारमा सोसियल स्मार्ट कार्ड मार्फत स्मार्ट क्वाइन प्राप्त गर्न सक्छन् । यसरी प्राप्त गरेको डिजिटल क्वाइनलाई आफैंले अथवा आफ्नो परिवार वा साथीसंगीलाइ पठाउन सक्छन्, सगुनकै एपमार्फत । यसरी जम्मा गरिएको क्वाइनलाई सगुनका पार्टनर कम्पनीहरु मार्फत विभिन्न वस्तु तथा सेवा खरिद गर्न प्रयोग गर्न सक्छन् । यसलाई अहिले नेपाल र भारतका केही शहरहरुमा परिक्षणका रुपमा सञ्चालन गरिंदै आइरहेको छ ।

यी सबै प्रगतिका कुराहरु लिएर अमेरिकामा रहेका लगानीकर्ताहरु तथा शुभचिन्तकहरुका बीचमा सगुनका बारेमा जानकारी गराउने उद्धेश्यले यही मे २, २०२० दिन वेविनार सञ्चालन गर्न लागेको सगुनले जनाएको छ । सगुनले जनाएअनुसार यस वेविनारमा सगुनका एटर्नी, सीपीए फर्मका अडिटर, लगानीकर्ताहरुको लगानी व्यवस्थापन गर्ने कम्पनी कम्यूटर शेयरका म्यानेजर लगायतले सगुनका बारेमा जानकारी र प्रस्तुती दिनेछन् । त्यसैगरी सगुनका संस्थापकहरुले बिगत, बर्तमान र अगाडिका नीतिका बारेमा बताउने छन् र सगुनका प्राविधिक तथा मार्केटिङ्ग टिमले सगुनमा थपिने फिचर्स तथा मार्केटिङ्ग योजनाका बारेमा बताउने छन् । यसरी यस वेविनारमा सगुनको भिजन, हालसम्मको अवस्था, प्रगति, यसको कानूनी अवस्था, आर्थिक व्यवस्थापन, शेयर व्यवस्थापन तथा आइपीओमा जानेबारेको तयारीका बारेमा जानकारी गराइने छ । सगुनका सह संस्थापक कविन्द्र सिटौलाका अनुसार, यो वेविनारमा सहभागी हुन सबै लगानीकर्ताहरुलाई इमेलबाट जानकारी गराइसकिएको छ । यदि कुनै कारणबस इमेल प्राप्त गर्न नसकेका लगानीकर्ताहरु लगायत सगुनका बारेमा जानकारी लिन इच्छुक शुभचिन्कहरुले यस वेविनारमा भाग लिन चाहेमा सम्पर्क गर्न समेत सगुनले अनुरोध गरेको छ ।
वेविनारका लागि सगुनको फेसबुक पेज Click here for registration मा गएर रजिष्ट्रेशन गर्न सकिने छ ।

वेविनार हुने मितिः शनिवार मे २, २०२०
समय विहान ११ बजे (न्यूयोर्क समय)
सम्पर्कः फोनः 703-291-1212 Email: mysagoon@sagoon.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *