ग्रीनकार्ड नहुनेले अमेरिकी सरकारको राहत रकम पाएनन्

डिसी नेपाल
२१ वैशाख २०७७ २:१२

वासिंगटन डिसी । ग्रीनकार्ड नभए पनि कोरोना महामारीको संकटका बेला अमेरिकी संसदले घोषणा गरेको राहत रकम कुरेर बसेका आप्रवासीहरु निराश हुने भएका छन् ।

केही हप्ताअघि अमेरिकी संसदबाट पारित भई लागू भएको प्रतिब्यक्ति १२ सय अमेरिकी डलर पाउने कोरोना महामारीको राहत प्याकेज वितरणका लागि बनेको नियममा स्थायी बसोवास अनुमति पत्र नभएकाहरु यो सुविधाबाट बञ्चित हुने उल्लेख छ । सो रकम वितरणको जिम्मेवारी पाएको आई आर एसको आधिकारिक वेभसाइटमा उल्लेख भएअनुसार, ग्रीनकार्ड नहुनेहरुले रकम नपाउने सूचना दिइएको छ । को को व्यक्ति तथा परिवारले यो सुविधा लिन पाउंदैनन् ? भन्ने शीर्षकमा दिइएको सूचनाको सातौं नम्बरमा सो कुरा उल्लेख छ । ग्रीनकार्ड नहुनेहरु बाहेक सोसल सेक्युरिटी नभएका व्यक्तिहरु पनि यो सुविधा लिन पाउंदैनन् । यसवाहेक अविवाहित एकव्यक्तिको कूल वार्षिक आय ९९ हजार अमेरिकी डलर भए वा परिवारको मुलीका रुपमा आम्दानी १ लाख ३६ हजार ५ सय भन्दा बढी भएकाले पनि यो सुविधा पाएका छैनन् । त्यसैगरी विवाहित र संयुक्त ट्याक्स फारम भर्दा १ लाख ९८ हजार र सोभन्दा बढी आम्दानी भएकाे देखाइएको छ भने पनि यो रकम पाएका छैनन् ।

डिसी मेट्रो क्षेत्रका चर्चित सीपीए हरि शर्माका अनुसार, अनइम्प्योइमेण्ट इन्स्योरेन्सको दावी चाहिं सबै प्रकारका कामदारले पाउंछन् तर सरकारको स्टीमुलस प्याकेजको रकम चाहिं ट्याक्स पेयरको पैसा हो र त्यो रकम अमेरिकी नागरिक र ग्रीनकार्ड वाहक र निश्चित शर्तहरु पूरा गरेको आप्रवासी व्यक्तिलाई मात्र दिने नीति अमेरिकी सरकारले बनाएको छ । शर्मा भन्छन्, “यसमा कसैलाई पनि भ्रम हुनु हुंदैन । जोसंग नागरिकता वा ग्रीनकार्ड छैन वा तोकिएका शर्त पूरा गरेको अप्रवासी हैन भने उसले फेडरल सरकारले दिने भनेको आम्दानी हेरी १२ सय डलरसम्मको प्रतिव्यक्ति सहयोग रकम पाउंदैन ।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *