कोरोना भाइरसलाई लिएर ‘महामारी’ बोलको गीत सार्वजनिक [भिडियाे]

डिसी नेपाल
२१ वैशाख २०७७ १२:१४

काठमाडै‌ । अहिले विश्व समुदाय महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९को चपेटामा परेको छ । यसले लाखौं मानिसको ज्यान लिइसकेको छ । डाक्टरहरु अग्रपंत्तिमा रहेर यससँग लुिडरहेका छन् ।

चिनको वुहान प्रान्तबाट सुरु भएको यो भाइरस कसरी आयो भन्ने यकिन हुन सकेको छैन । यस्तो अवस्थामा यहि भाइरसकै विषयलाई लिएर गायक रमेश कडरियाको स्वरमा ‘महामारी’ बोलको गीत बजारमा ल्याइएको छ ।

गीतमा मानिसहरुले प्रकृतीलाई जोगाउनुपर्ने सन्देश दिन खोजिएको छ । प्रकृतीलाई जोगाए हामी पनि जोगिने भन्ने सन्देश गीतले दिएको छ । उनले गीतमार्फत भाइरस कहाँबाट कसरी आयो भन्ने विवरणसमेत दिएका छन् ।

ओम नाथ कडरियाको शब्द रहेको यस गीतलाई कडरिया ईन्टरटेनमेन्टको अफिसीयल युट्यूव च्यानलबाट सार्वजनिक गरिउको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *