भारततर्फ जान लागेकाहरुलाई रोक्दा सीमामा खटिएका प्रहरीमाथि आक्रमण

डिसी नेपाल
२५ वैशाख २०७७ २१:४०

धम्बोझी । बर्दिया जिल्लामा भारततर्फ जान लागेकाहरुलाई रोक्ने प्रयास गर्दा सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहित तीन जना प्रहरीमाथि आक्रमण भएको छ । गुलरिया–१० रत्नापुर नजीकै चार जनाको समूहमा रहेका व्यक्तिले सीमामा तैनाथ दुई प्रहरीलाई कुटपिट गर्न थालेपछि सशस्त्र प्रहरी निरीक्षक डिल्लीराम चौधरी त्यहाँ पुगेका थिए। उनीहरूले चौधरीको बर्दीको पोशाकसमेत च्यातिदिएका छन् । कुटपिट गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका वीरेन्द्र मल्लाह, रामचन्द्र मल्लाह, राजकुमार मल्लाह र इन्द्र मल्लाह रहेको सशस्त्र प्रहरी निरीक्षक चौधरीले जानकारी दिए । सामान्य विवाद भएको भन्दै पक्राउ परेकाहरुलाई वडाध्यक्ष वीरेन्द्र चौधरीले पछि बुझाउने कागज गरी छुटाएको प्रहरीले जनाएको छ । भारतबाट सामान खरीद गरी नेपाल भित्र्याउने उद्देश्यले उनीहरू सीमावर्ती बजार जान लागेका कारण प्रहरीले रोक्न खोज्दा कुटपिट भएको सशस्त्र प्रहरी उपरीक्षक यादव विकले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.