एनआरएनए यूएईका अध्यक्ष सरकारप्रति आक्रामक

डिसी नेपाल
२८ वैशाख २०७७ १२:४५

काठमाडौं। कोरोना संक्रमणले अहिले विश्व नै आक्रान्त बनेको छ। विश्वका विभिन्न मुलुकमा रोजगारीका लागि गएका नेपाली कामदार अहिले स्वदेश फर्किन खोजिरहेका छन्। विशेष गरी खाडी मुलुक, मध्यपूर्व र मलेशियालगायका मुलुकमा रहेका नेपाली कामदार स्वदेश फर्कन सरकारको निर्णयको निर्णयको प्रतिक्षमा छन्।

सरकारले विदेशमा रहेका नेपाली कामदारलाई विभिन्न चरणमा स्वदेश फिर्ता ल्याउने गरी छलफल गरिरहेको छ। यसैबीच विदेशमा रहेका नेपाली कामदारले आफूहरुलाई स्वदेश फर्काउन उदासिन भएको भन्दै आक्रोश पोखेका छन्।

गैरआवासीय नेपाली संघ एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई लक्षित गर्दै एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको जिकिर गरेका छन्। सामाजिक संजालमा स्टाटस लेख्दै अध्यक्ष कोइरालाले मजदुर, किसान, सर्वहारा वर्गको नेतृत्व गर्दै सत्तामा पुगेपनि श्रमिकको हकहितका विषयमा केही नगरेको भन्दै आक्रोश पोखेका छन्।

सरकारले श्रमिमको कुरा नसुनेको भन्दै उनले जनतालाई झुटो आश्वासन नबाँढ्न चेतावनीसमेत दिएका छन्। विदेशमा रहेको दूतावास नाममात्रको भएको दाबी गर्दै दूतावासले श्रमिकको हितमा काम नगरेको आरोप लगाएका छन्।

उनको स्टाटस यस्तो छ –

बिश्वका मजदुर एक हौ – कार्ल मार्क्स

यिनक़ै भजन कृतन गाएर, यिनकै बिचारलाई अघि सारेर , मजदुर, किषान, सर्वहारा बर्गको नेतृत्व गर्दै कम्युनिस्ट सत्ता प्राप्तिपछिका विचलनले तिमीहरुलाई कम्युनिस्ट सरकारको मंत्रालयमा बस्न १ मिनेट पनी छूट छैन । खै श्रमिकका कुरा सुनेको ? तिम्रा भाषण अनी तिम्रा बोली र आश्वासनलाई कुरी कुरी ।

तिम्रा ZOOM बैठक घाममा सुकाई देउ । ख़ुइलेको तालु र बिग्रेको थोपड़ा कती पटक हेर्नु । तिम्रा आश्वासन आफ्ना निर्वाचन क्षेत्र तीर गएर बाड । प्रबाशमा मज़दूर छन तेसैले नामका मात्रका दुताबास खुले र तिनै दुताबास मार्फ़त मजदूरको पशिनाले तिर्खा मेटन परराष्ट्र मन्त्रालय खोलेउ र तिमी बिराजमान छौ । म्यानपावर कम्पनी मार्फ़त प्रबाशमा श्रमिक पठायौ इन्सुरेन्स, श्रम स्टिकर अनी बिभिन्न बहाना मार्फ़त तिनै श्रमिकको रगत पिउन श्रम मंत्रालय खोलेउ र तिमी बिराजमान छौ । तिनै श्रमिकलाई बोक्छु भंदै शानेबानी खोलेउ धेरैलाइ बिदेश पुराउन पर्यटन मंत्रालय खोलेंउ र तिमी बिराजमान छौ ।

जागीर गुमेर अहिले धेरै श्रमिक देश बाहिर भोकै हुदा तिमिहरुका बैठक र पार्टी ५ स्टार होटेलमा हूँछन । कती बास नभएर पार्क र मस्जिदमा सुत्दै गर्दा तिमिहरु गार्डवाला घरमा चैन निद्रामा छौ । कतिपय महिला ७ तौ महीनाको गर्भवती अवस्थामा लिफ़्टको आशामा बस्दै गर्दा त्यो अवस्थामा तिम्रा छोरी बुहारी छैनन भनी ढूक्क छौ ।

कतिपय श्रमिक महँगीको कारण महिनैपिक्छ नेपाल बाट औषधि मगाएर ख़ान नपाउदा अन्तिम अवस्थामा बस्दै गर्दा तिम्रा छोरा या ज्वाईलाई त्यो अवस्था भोग्नु परेको छैन तेसैले तिमिलाई बिरामिको चिन्ता छैन ।

धेरै विद्यार्थी भोक र बासको तनाबमा छन तिमलाई बाल मतलब छैन तिम्रा आफ़ंत त छैनन यदि छन भने दुताबासको गेष्टहाउसमा सरकारी बजेटको रोष्ट चपाउन पाईहाल्छन अनी अरु सब भाँडमा गएनी तिमलाई के मतलब ?

सक्छौ भोलीबाटै बोक्न सुरु गर होईन भने zoom मा खोक्न बन्द गर । बुझ्ने छौ तिमीहरू सब तोरीपाँडे हौ ।

श्रमिक हूँ, प्रवासमा हुने ४० लाख भंदा बढ़ी श्रमिकहरूको बोली बोलेको छु । यही स्टाटसका कारणले सरकारी या ग़ैर सरकारी कार्यबाहीमा परे भने तिम्रा कार्यबाहीलाई अर्को स्टाटसबाट धोती पेटिकोट सबै सिलाएर लगाईदिनेछु ।

सबैले शेयर गरिदिनु होला ताकी राज्य र सम्बंधित सबै सामु पुगोस ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *