भारतबिरुद्ध एनआरएनएको कडा एक्सन, नेपाली भूमिको रक्षार्थ सीमामा ढाल बनेर उभिने
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सीमा विवाद कूटनीतिक र राजनीतिक संवादमार्फत टुंग्याउनाको सट्टा सुगौली सन्धिलगायत दस्तावेजमा उल्लिखित नेपाली भूमिको अतिक्रमण गरी सडक निर्माण गर्ने भारतको पछिल्लो कदमप्रति रोष प्रकट गरेको छ।
संघका तर्फबाट अध्यक्ष कुमार पन्तले सोमवार एक विज्ञप्ति जारी गर्दै भारतले एकतर्फी रुपमा नेपाली भू-भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय पछिल्लो असंवेदनशील गतिविधीको भत्सर्ना गरेका हुन् ।
अध्यक्ष पन्तले विज्ञप्तिमा हरेक नेपाली आफ्नो भूमिको रक्षार्थ ढाल भनेर उभिने र त्यसका लागि विश्वभर छरिएर रहेका नेपालीले ऐक्यबद्धता जनाउने स्पष्ट पारेका छन्।
“नेपाली हामी सदैव सावैभौमिकताको सम्मान गर्दछौँ र हाम्रा छिमेकी मुलुकले समेत सोही सम्मानको भाव प्रकट गरोस् भन्ने अपेक्षा राख्दछौँ, यसर्थ सीमासम्बन्धी यस विषयलाई राजनीतिक र कूटनीतिक संवादको माध्यमबाट तत्काल टुंगोमा पु-याउन ठोस कदम चाल्न सम्बन्धित सरकारको ध्यानाकर्षण गराउँदछौँ”, विज्ञप्तिमा भनिएको छ।
देशको भौगोलिक अखण्डताजस्तो गम्भीर विषयमा नेपाल सरकार र नेपाली दाजुभाइ एवं दिदीबहिनीले चाल्ने हरेक सकारात्मक कदममा गैरआवासीय नेपालीले ऐक्यबद्धता व्यक्त गर्ने दृढता उनले जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment