कोरोनाबिरुद्ध लड्न एनआरएनए युरोपको कोषमा ३० लाख संकलन

डिसी नेपाल
१ जेठ २०७७ १८:१३

जर्मनी । कोरोना भाइरसबाट प्रभावित नेपाली समुदायलाई सहयोग गर्न भन्दै जारी राखिएको अभियानमा युरोप क्षेत्रमा मात्र ३० लाख रुपैयाँ संकलन भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको ‘कोभिड १९’ युरोप क्षेत्रीय समितिको सकृयतामा पछिल्लो दुई साता भित्र सो रकम संकलन भएको समितिका सदस्य सचिव रामशरण सिमखडाले जानकारी दिए ।

सिमखडाका अनुसार गत सातासम्म २४ हजार ५ सय ६१ अमेरिकी डलर संघको खातामा जम्मा भएको छ । ‘यो शुरुवाती चरण हो, सहयोग आउने क्रम जारी छ,’ सिमखडाले डिसी नेपालसँग भने, ‘संघको केन्द्रीय निर्देशन अनुरुप आर्थिक संकलनको काम अघि बढिरहेको छ । ’

संघको युरोपेली कोषमा अष्ट्रिया, बेल्जियम, स्वीडरल्याण्ड, डेनमार्क, जर्मनी, स्पेन, फिनल्याण्ड, आयरल्याण्ड, लग्जेम्वर्ग, रसिया, माल्टा र नेदरल्याण्डमा रहेका संघका पदाधिकारी तथा राष्ट्रिय समितिले सहयोग गरेका हुन् ।

यसैबीच कोरोना प्रभावित युरोप क्षेत्रका राष्ट्रिय समन्यव परिषदहरुलाई एनसीसीहरुलाई एनआरएनए ग्लोबलले २० हजार डलर आर्थिक सहयोग गरेको छ । कोरोनाले प्रभाबित बनेका ५ वटा युरोपेली मुलुकहरुमा रहेका गैरआवासीय नेपालीहरुलाई लक्षित गर्दै संघले सहयोग घोषणा गरेको हो ।

संघले स्पेन र पोर्चुगललाई पाँच पाँच हजार डलर, इटालीलाई ४ हजार डलर तथा साईप्रस र माल्टाका लागि तीन–तीन हजार डलर छुट्टाएको हो । पहिलो चरणमा साईप्रसलाई र बाँकी चार वटा एनसीसीलाई दोस्रो चरणमा सहयोग घोषणा गरिएको हो। यसअघि संघले केन्द्रीय अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित ‘कोभिड १९’ उच्चस्तरीय समिति गठन गरेर कोरोनाबिरुद्ध विश्वव्यापी राहत संकलन तथा वितरणको अभियान चलाएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *