अमेरिकाको लसभेगस क्षेत्रमा लगातार भूकम्प

डिसी नेपाल
३ जेठ २०७७ ०:२०

 

वासिंगटन डिसी । अमेरिकाको प्रसिद्ध पर्यटकीय शहर लस भेगसको दक्षिणी भागमा रहेको टोनपा शहरमा आज विहान ठूलो भूकम्प गएको छ । त्यसपछि सो क्षेत्रमा लगातार भूकम्पका झट्काहरु महसुस भएका छन् ।

अमेरिकाको भूगर्भ विभाग युएसजीएसका अनुसार, सो स्थानमा ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो । यो ठूलो भूकम्पपछि दिउमँसो दुईबजेसम्मा एकसयभन्दा बढी साना भूकम्पका झड्काहरु महसुस भएको युएसजीएसले जनाएको छ ।

उसको वेभसाइटका अनुसार, यी साना झट्काहरुमा पनि दुईवटा पाँच रेक्टर स्केलभन्दा बढीका छन् भने ५ वटा झट्काहरु ४ दशमलव ५ रेक्टर स्केलभन्दा बढीका छन् । बाँकी झड्काहरु ३ र २ रेक्टर स्केलका छन् ।

अमेरिकाका अन्य शहरहरु युटा, साल्टलेक सिटी र क्यालिफोर्नियाका कतिपय शहरमा सो भूकम्पको झड्का महसुस भएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । भूकम्पका कारण भेगस रेनो हाइवेको ठाउँ ठाउँमा चिरा परेको छ भने सो क्षेत्रमा यातायात तत्कालका लागि बन्द गरिएको छ । भूकम्पका कारण कोही घाइते भएकोबारे भने कुनै रिपोर्टहरु नआएको अमेरिकी अधिकारीहरुले जनाएको युएस टुडेले लेखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *