अमेरिकामा कोरोना पूरै निको पार्ने एन्टीबडी आविस्कार भएको दावी

डिसी नेपाल
३ जेठ २०७७ १:५०

वासिंगटन डिसी । अमेरिकाको क्यालिफोर्नियामा रहेको एउटा बायोफर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको एन्टीबडी आविस्कार गरेको दावी गरेको छ ।

अमेरिकी संचारमाध्यम फक्स न्यूजले उसको टिभी च्यानल र डिजिटल पत्रिका दुबैमा एक्ल्युसिभ न्यूज भन्दै प्रकाशित समाचारमा आविस्कार गरिएको एन्टीबडी चार दिनभित्रै कोभिड १९ संक्रमण निको बनाउने उल्लेख छ । समाचारमा यो एन्टीवडीले मानव शरीरलाई कोरोना भइरसबाट पूरै प्रतिरक्षा गर्ने उल्लेख छ ।

एसटीआई १४९९ एन्टीबडी नाम दिइएको सान् डिएगोको सरेन्टो थेराप्युटिकबाट उत्पादित सो एन्टीबडीबारे विस्तृत विवरण आज शुक्रबार सांझसम्ममा कम्पनीले नै सार्वजानिक गर्ने तयारी गरेको फक्स न्युजले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.हेनरी जीले भनेका छन्, “हामी यसको उपचार छ भन्ने कुराको विश्वास दिलाउन चाहान्छौं । यसले शत्प्रतिशत कोभिड १९ को उपचार सम्भव छ ।” यो एन्डबडीको प्रयोगपछि कुनै सोसल डिस्ट्यान्सिंगको प्रयोग गरिरहनु नपर्ने र समाज पूरै पुरानै नर्मल अवस्थामा आउने दावी पनि डा.हेनरीले गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *