कोरोनाभाइरस सम्बन्धी ठूलो चिन्ता समाप्त हुँदै, अध्ययनमा आयो राहत दिने नतिजा

डिसी नेपाल
९ जेठ २०७७ ९:४८

काठमाडौं। केही हप्ताअघि चीनमा कोरोनाभाइरसका यस्ता केसहरु पनि आएका थिए जहाँ पूर्ण रुपमा ठिक भइसकेका बिरामी फेरि पोजेटिभ देखिएका थिए । दक्षिण कोरियामा पनि यस्ता केसहरु आएका थिए । विश्वभरीका स्वास्थ्य विज्ञ र वैज्ञानिकको लागि यो ठूलो चिन्ताको विषय बनेको थियो । अहिले दोस्रो पटक पोजेटिक देखिएका बिरामीहरुको विषयमा दक्षिण कोरियाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले गरेको एक अध्ययनको नतिजा आएको छ र यो नतिजा राहत दिने खालको छ ।

शोधकर्ताहरुले एक पटक ठिक भइसकेर पुनः पोजेटिभ देखिएका बिरामीहरु संक्रामक नभएको प्रमाण फेला पारेका छन् । यी बिरामीहरुबाट अरु स्वस्थ मानिसमा कोरोनाभाइरस फैलिने खतरा नभएको वैज्ञानिकले पत्ता लगाएका छन् । यसका अलावा यी बिरामीहरु दोसे पटक पोजेटिभ देखिए पनि शरीरमा बनिसकेका एन्टिबडीका कारण उनीहरु फेरि बिरामी हुन सक्दैनन् । अर्थात उनीहरुको शरीरमा भाइरस पोजेटिभ देखिए पनि उनीहरुबाट भाइरस अरुमा सर्दैन र उनीहरुको शरीरमा भएको एन्टिबडीले पछि देखिएको भाइरसलाई मारेर उनीहरु स्वस्थ नै रहनेछन् ।

वैज्ञानिकहरुले यो अध्ययन ती २८५ बिरामीहरुमा गरेका हुन् जो एकपटक ठिक भइसकेर पुनः पोजेटिभ देखिएका थिए । अध्ययनमा यी बिरामीहरुबाट कुनै किसिमको संक्रमण नफैलिएको र उनीहरुको भाइरस नमूनामा पनि जीवाणुहरुको वृद्धि नभएको पाइएको छ । यसबाट ती बिरामीहरु गैर संक्रामक भएको र उनीहरुको शरीरमा भाइरसको मृत कण भएको खुलासा भएको छ। यो रिपोर्ट ती देशका लागि सकारात्मक संकेत हो जहाँ कोरोनाभाइरसबाट संक्रमित बिरामी ठिक भइरहेका छन् र ती देश लकडाउन खोल्नेतर्फ अगाडि बढिरहेका छन् ।

दक्षिण कोरियाको यो अध्ययनले कोभिड १९ संक्रमणबाट ठिक भइसकेका बिरामीबाट सामाजिक दूरीको नियम हटाउँदा पनि संक्रमण नफैलिने समेत खुलासा भएको छ । अध्ययनका अनुसार दक्षिण कोरियाका स्वासथ्य अधिकारी अब ठिक भइसकेका बिरामीलाई उनीहरुको रिपोर्ट पोजेटिभ आए पनि संक्रमित मान्ने छैनन् । गत महिना सार्वजनिक एक अध्ययनको रिपोर्टअनुसार कोरोनाभाइरसको न्यूक्लिक एसिडको पीसीआर टेस्टले मरेका र जीवित भाइरस कणको भिन्नता पत्ता लगाउन नसक्ने खुलासा भएको थियो । यही कारण ठिक भइसकेका बिरामी पोजेटिभ देखिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *