पाल्पामा सुरक्षाकर्मीको आरडिटी

डिसी नेपाल
९ जेठ २०७७ १७:४९

पाल्पा । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको देखिएपछि पाल्पामा सुरक्षा र स्वास्थ्य क्षेत्रका ९० जनाको आरडिटी गरिएको छ । नेपाल प्रहरीका ५६, सशस्त्र प्रहरीका २० एवं स्वास्थ्यकर्मी तथा कर्मचारी १४ जनाको आज आरडिटी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिले कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेकाले पाल्पाका सुरक्षा, स्वास्थ्य र सञ्चारकर्मीको कोरोना परीक्षणलाई अनिवार्य गरेको छ । नेपाली सेनाका ३९ र नेपाल पत्रकार महासंघको सिफारिसमा ३६ पत्रकारको कोरोना परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख न्यौपानले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *