शरद ऋतुका लागि आमाडब्लम र हिमलुङ हिमालमा डोरी टाँग्ने टोलीको बिदाइ
OLYMPUS DIGITAL CAMERA
काठमाडौं। पर्वतारोहण सञ्चालक संघ नेपालले शरद ऋतु २०२६ का लागि आमाडब्लम र हिमलुङ हिमाल आरोहणको मार्ग निर्माण तथा डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको छ।
सोमबार आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष डम्बर पराजुलीले सम्बन्धित टोलीहरूलाई पर्वतारोहण सञ्चालक संघ नेपाल तथा नेपाल सरकार, पर्यटन विभागको झण्डा हस्तान्तरण गर्दै सुरक्षित र सफल कार्यसम्पादनको शुभकामनासहित बिदाइ गरे।
यस शरद ऋतुका लागि हिमलुङ हिमालको आधार शिविर तथा अन्य आवश्यक व्यवस्थापनको जिम्मेवारी ‘स्नोइ होराइजन ट्रेक्स एन्ड एक्स्पिडिसन’ ले पाएको छ। त्यसैगरी, आमाडब्लम हिमालको आधार शिविर व्यवस्थापन ‘हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्स्पिडिसन’ ले गर्नेछ।
संघका महासचिव ऋषिराम भण्डारीका अनुसार आमाडब्लम हिमालतर्फ जाने मार्ग निर्माण टोली मंगलबार बिहान काठमाडौंबाट प्रस्थान गर्नेछ भने हिमलुङ हिमालको टोली सेप्टेम्बर २३ मा गन्तव्यतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment