थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१६

डिसी नेपाल
९ जेठ २०७७ २०:३२

काठमाडौं । कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो ९जना पुष्टि भएसँगै यो संख्या बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बेलुकी८ १५ बजे दिएको अध्यावधिक जानकारी अनुसार मकवानपुरमा १ जना महिला, भक्तपुरमा ४२ वर्षिया १ जना महिला, सप्तरीका ३५ वर्षिया पुरुष र बाराका ६ जना पुरुष रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *