नेपालमा आज एकैपटक ७२ जनामा कोरोना पुष्टि

डिसी नेपाल
१२ जेठ २०७७ ११:०५

काठमाडौँ । नेपालमा आज एकैपटक ७२ जना मानिसमा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, राष्ट्रिय जनस्वास्थ्य कार्यालय काठमाडोँ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, भेरी अस्पताल नेपालगञ्ज र प्रदेश अस्पताल सुर्खेतमा गरिएको कोरोना परीक्षणमा ७२ जनामा पोजेटिभ देखिएको हाे ।

नयाँ संक्रमित पुष्टि भएकाहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन्।

मन्त्रालयका अनुसार, संक्रमितहरुको अवस्था सामान्य रहेको छ भने सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

कोरोना संक्रमितमध्ये हालसम्म १०५ जना बिरामी निको भएर घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *