कोरोना संक्रमण भएको ११ दिनपछि विमारीलाई डिस्चार्ज गर्दा, कोरोना सर्दैन

डिसी नेपाल
१३ जेठ २०७७ ८:३५

काठमाडौं। सिंगापुरका संक्रमण रोग विशेषज्ञ डा. अशोक कुरुपले कोरोनाबाट संक्रमित भएको ११ दिनपछि संक्रमितबाट अन्य मानिसमा संक्रमणको खतरा नहुने बताएका छन्। ११ दिनपछि विमारीलाई अस्पतालबाट डिस्चार्ज गर्न सकिने उनले बताएका छन्।

कोरोना संक्रमित ७३ जना बिमारीमा गरिएको रिसर्चपछि यो खुलासा भएको हो। सोधकर्ताहरुका अनुसार यो नतिजाले अस्पतालमा भर्ना भएका कोरोना संक्रमणका विमारीलाई चाँडै डिस्चार्ज गर्न सहयोग पुग्ने विश्वास लिएका छन्।

वर्तमान अवस्थामा अस्पतालमा दुई पटक नेगेटिभ टेस्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने अनुमति पाइन्छ। शोधकर्ताका अनुसार रिसर्चको डाटा कोरोना महामारीको सुरुवातदेखि नै संकलन गरिएको थियो। नतिजाको रुपमा के आयो भने विमारीमा लक्षण देखिने समय संक्रमणको ७ देखि १० दिनको रहन्छ।

नेशनल सेन्टर फर इन्फेक्शियस डिजीजले केही दिन अगाडि मात्रै रिसर्च रिपोर्ट सार्वजनिक गरेको छ। शोधकर्ताका अनुसार विमारीको जाँचमा कयौं पटक भाइरसको सुक्ष्म रुपमा अर्थात डेड पार्टिकल आउँदा रिपोर्ट पोजेटिभ आउँछ। जबकि यसले संक्रमणको खतरा हुँदैन। विमारीको उपाचार दुई हप्तापछि रिपोर्ट पोजेटिभ आउन सक्छ।

शोधकर्ताका अनुसार भाइरर रेप्लिकेशन (आफ्नो संख्या बढाउने) हुने खतरा बिमारीलाई पहिलो हप्तामा नै हुन्छ। बिमारीको दोस्रो हप्तामा भाइरस रेप्लिकेशनको स्थितिमा पाइँदैन। संक्रमण रोग विशेषज्ञ डा. अशोक कुरुपका अनुसार रिसर्च अहिले पनि जारी छ र धेरै भन्दा धेरै डाटा ल्याउने कोशिश भइरहेको छ।

दक्षिण कोरियाको सेन्टर्स फर डिसीज कन्ट्रोल एण्ड प्रिभेन्शनको वैज्ञानिकले केही समय अगाडि रिसर्चले उपचारपछि जुन विमारीको रिपोर्ट पोजेटिभ आएको छ, त्यसका कारण शरीरमा मैजुद कोरोनाभाइरसको मृत कण हुनसक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *