डायस्पोराका नेपाली मुलका बालबालिकालाई लक्षित गरि नैतिक शिक्षा पुस्तक प्रकाशन गरिने

डिसी नेपाल
१३ जेठ २०७७ १२:३३

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको नेपाली भाषा प्रवर्धन उपसमितिले डायस्पोराका नेपाली मुलका बालबालिकाहरुलाई लक्षित गरि नैतिक शिक्षा पुस्तक प्रकाशित गर्ने जनाएको छ ।

शनिबार बसेको उपसमितिको बैठकले प्रस्तावित नैतिक शिक्षा पुस्तक तयार पार्न विज्ञहरुलाई जिम्मदिने निर्णय गरेको छ। उपसमितिका संयोजक कृष्ण लामिछानेको अध्यक्षतामा बसेको बैठकले संसारका धेरै देशहरुमा नेपालीहरु पुगिसकेको र आफ्ना बालबालिकाहरुलाई नेपालको धर्म, संस्कृति, संस्कार अनुसारको शिक्षा दिन जरुरी रहेको निष्कर्श निकाल्दै त्यस्तो शिक्षामा एकरुपता ल्याउनका लागि पुस्तक प्रकाशित गर्ने निर्णय गरेको हो।

बैठकमा पाठ्यपुस्तक तयारीका लागि सल्लाहसुझाव दिनका लागि विज्ञ, इच्छुकहरुलाई आव्हान गर्ने निर्णय भएको छ। बैठकमा निवर्तमान कोषाध्यक्ष तथा भाषा साहित्य प्रवर्धन समितिका अध्यक्ष हिक्मत थापा, सल्लाहकारहरु डा. चिन्तामणि योगी, बुद्दिसागर घिमिरे लगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो।

नैतिक शिक्षा पुस्तक प्रकाशनका लागि हालसम्म भएका गतिबिधिका बारेमा संयोजक लामिछानेले जानकारी गराएका थिए। अहिले बिभिन्न देशमा रहेका नेपाली समुदायले आफ्नो अनुकुलतामा नैतिक शिक्षाको पाठ्यसामग्री तयार गरेर पठनपाठन गर्दै आएको पाइएको छ। अब ती सबैलाई जोडेर एकरुपता दिनुपर्नेमा बैठकका सहभागीहरुको जोड रहेको बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *