आव २०७७/७८ को बजेटमाथि जेठ १८ र १९ गते छलफल हुने

डिसी नेपाल
१५ जेठ २०७७ १९:४९

काठमाडौँ । प्रतिनिधिसभामा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले आगामी आवको राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् । बैठकमा अर्थमन्त्री डा खतिवडाले ‘आर्थिक विधेयक, २०७७’ पेश गरे ।

संसद्मा बिहिबार प्रस्तुत बजेटमाथि छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १८ र १९ गतेको समय तोकेका छन्। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १८ गते बिहान ११ बजे बस्नेछ ।

यसैगरी राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) को प्रति टेबुल गरेका छन् । राष्ट्रियसभाको बिहिबार बसेको बैठकमा उनले आगामी आवको राजश्व र व्ययको वार्षिक अनुमान बजेट टेबुल गरेका हुन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले बिहिबार प्रस्तुत बजेटमाथि छलफलका लागि यही जेठ १८ र १९ गतेको समय तोकेका छन्। राष्ट्रियसभाको अर्को बैठक यही जेठ १८ गते ११ः३० बजे बस्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *