पूर्वअर्थमन्त्री पाण्डेको टिप्पणी, बजेट यर्थाथपरक, आर्थिक बृद्धिदरको लक्ष्य महत्वकांक्षी

डिसी नेपाल
१६ जेठ २०७७ १५:०५

काठमाडौं। पूर्व अर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेट यर्थाथपरक रहेको भएपनि आर्थिक वृद्धिदरको लक्ष्य भने चूनौतिपूर्ण रहेको टिप्पणी गरेका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको भर्चुअल अन्तरकृयामा बोल्दै उनले मानव र अर्थतन्त्रको स्वास्थ्य बिग्रिएका बेला उपचार गर्नेगरी जस्तो बजेट आवश्यक थियो, त्यस्तै नै आएको बताए।

बजेटले क्षेत्र नै तोकेर बजेट कटौती गर्नु, स्वास्थ्य र कृषिमा बजेट विनियोजन गर्नु, खाद्य भन्डार निर्माणका लागि अनुदान र रोजगारीका लागि विभिन्न शीर्षकमा ३५ अर्ब रुपैयाँ विनियोजन गर्नु सकारात्मक रहेको उनले बताए।

उनले चालु खर्च सरकारले घटाउन नसकेको र चालु खर्चका लागि नै ऋण लिनुपर्ने अवस्था गतल भएको टिप्पणी गरे। उनले भने, ‘बजेटको सुरुमा नै भनिएको थियो, ‘ऋण केवल पुँजीगत खर्चमा लिइनेछ तर चालु खर्चकै लागि ऋण लिनुपर्ने अवस्था देखिएको छ।’

त्यस्तै उनले बजेटमा राखिएको २ खर्ब ९९ अर्बको बैदेशिक ऋणको लक्ष्य महत्वकांक्षी भएको र लक्ष्य अनुसार नआउने बताए। ‘सामान्यतया बजेट निर्माण गर्दा ६५ प्रतिशत आन्तरिक स्रोत र ३५ प्रतिशत बाह्य स्रोतमा बजेट भर परेको हुन्छ। तर अन्तमा ८० आन्तरिक र २० बाह्य स्रोतमा सीमित हुने गरेको छ।’

पाण्डेले आर्थिक बृद्धि पनि सरकारले राखेको लक्ष्य अनुसारको ७ प्रतिशत नहुने दावी गरे। ‘अहिले कोभिड १९ का कारण उद्योगधन्दा लगायत सवै ठप्प छ भने विश्व नै कोभिडसँग जुधिरहेको अवस्थामा ७ प्रतिशतको आर्थिक बृद्धिद्धदरको लक्ष्य पाउन कठिन छ’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *