विदेशमा समस्यामा परेका नेपाली फर्काउन सरकारलाई एनआरएनएले सघाउने

डिसी नेपाल
१८ जेठ २०७७ २०:५१

काठमाडौँ । कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपार्ली फर्काउन सरकारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सघाउने भएको छ । भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने सरकारी निणर्यको स्वागत गर्दै संघका अध्यक्ष कुमार पन्तले आफूहरु सहजीकरणका लागि तत्पर रहेको बताएका छन् ।

यसैबीच गैरआवासीय नेपाली संघले शनिवार आफ्ना राष्ट्रिय समन्वय परिषदहरुसँग छुट्टै छलफल गरेको छ । विश्वभर छरिएका ८० भन्दा बढी शाखाहरुमा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारको बारेमा राष्ट्रिय समन्वय परिषदसँग छलफल गरिएको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिए । छलफल मध्यपूर्वमा रहेका श्रमिकहरुको समस्याको बारेमा केन्द्रीत भएको संघले जनाएको छ ।

बैठकमा करिब तीन दर्जनभन्दा बढी देशस्थित राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले आ–आफ्ना देशमा रहेका नेपालीका समस्याको बारेमा भनाइहरु राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *