यूएईमा कोरोना भाइरसबाट १९ नेपालीको मृत्यु, १६ सयभन्दा बढी संक्रमित

डिसी नेपाल
१८ जेठ २०७७ २२:११

काठमाडौँ । खाडीमुलुक यूएईमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या १९ पुगेको छ । त्यस्तै १ हजार ६ सयभन्दा बढी नेपाली संक्रमित भएको एनआरएनए आइसीसीका स्वास्थ्य समिति संयोजक डा संजीव सापकोटाले डिसी नेपाललाई जानकारी दिए ।

उनका अनुसार यो तथ्याङक शनिवार साँझसम्म एनआरएनए यूएईले संकलन गरेको हो । संक्रमितमध्ये कतिपय नेपाली निको समेत भएको उनले बताए ।

यूएईले सुरुवाती दिनहरुमा संक्रमित व्यक्तिहरुको राष्ट्रियता खुलाए पनि पछिल्लो दिनहरुमा संक्रमितहरुको संख्या बढ्न थालेपछि राष्ट्रियता खुलाउने गरेको छैन । तसर्थ अबुधाबीस्थित नेपाली दूतावाससँग यकिन तथ्याङक छैन । तर, पनि एनआरएनए यूएईले आफ्नो तरिकाले संक्रमित नेपालीहरुको तथ्याङक संकलन गरेको उनले जानकारी गराए ।

यूएईमा हालसम्म ३४ हजार ५ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ सय ६४ जनाको ज्यान गएको छ । त्यस्तै १७ हजार ९ सय ३२ जना उपचारपछि निको भएका छन्।

अहिले यूएईमा १६ हजार ३ सय ६१ वटा ‘एक्टिभ केस’ रहेका छन् । तीमध्ये १ जनाको अवस्था गम्भिर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *