आज बहराइन दिनारसहित केही देशका मुद्राको भाउ बढ्यो
काठमाडौँ । आज जेष्ठ १९ गते (सोमबार) बहराइन दिनारसहित केही देशका मुद्राको भाउ बढेको छ । यूरोपियन यरो, यूके पाउण्ड लगायतका मुद्राको भाउ घटेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६९ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २९ पैसा पुगेको छ।
यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर १ सय ३४ रुपैयाँ ६२ पैसा रहेको छ।
त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ७१ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३० पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३० रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ३६ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ १० पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ६९ पैसा रहेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment