भारतमा पछिल्लो २४ घण्टामा दश हजार संक्रमित थपिए, ६ हजार नौ सय भन्दा बढीको मृत्यु

डिसी नेपाल
२५ जेठ २०७७ ८:०८

नयाँदिल्ली। भारतको कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतका विभिन्न राज्यमा कोरोना संक्रमितको संख्या १० हजार ५२१ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। भारतको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ४६ पुगेको छ।

राजस्थानपछि उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या दश हजार भन्दा धेरै पुगेको छ। योसँगै उत्तर प्रदेश दश हजार बढी कोरोना संक्रमित हुने भारतको छौटौं राज्य बनेको छ। अहिलेसम्म उत्तर प्रदेशमा २ सय ६८ जनाको मृत्यु भइसकेको छ। उत्तर प्रदेशमा शनिबार मात्रै ३७० नयाँ संक्रमित थपिएका छन् भने शनिबार ११ जनाको मृत्यु भएको छ।

उता मध्य प्रदेशमा शनिबार २३२ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको मृत्यु भएको छ। भोपालमा ५१ जना थप नयाँ संक्रमित थपिएका छन्। उता इन्दौरमा ३५, शाजापुरमा २०, नीमचमा १८, बुरहानपुरमा १५सहित मध्य प्रदेशमा कुल ९ हजार २ सय २८ कोरोना संक्रमित पुगेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *