सगुन सफल हुँदा नेपाल र नेपालीले के पाउँछन् ?

डिसी नेपाल
२७ जेठ २०७७ १७:४१

एक छिन कल्पना गरौं, फेसबुकले साधारण सेयर निस्कासन गरेको भए तपाईंले कति लगानी गर्नु हुन्थ्यो ? एउटा तन्नेरी मार्क जुकरवर्गलाई त्यही फेसबुकले विश्वका धनीको चौथो नम्बरमा ल्याइदिएको छ । त्यस्तो कम्पनीमा अबसर पाएको भए कसले लगानी नगर्ला ? फेसबुकले सगुनको अहिलेको अवस्थामा जस्तै सेयर निस्कासन गरेका बेला सर्बसाधारणले लगानी गर्न पाउने कानुन थिएन । तर अमेरिकाले अहिले भविष्यमा राम्रो सम्भावना बोकेका कम्पनीलाई लगानी गर्ने बाटो खुलाउने कानुन जब्स एक्ट ल्याएको छ । त्यही कानुनअन्तर्गत स्वीकृत पाएर सेयर निस्कासन गर्दै बजारमा आएको छ सगुन । नेपालीले स्थापना गरेको सगुनले हाल बजारमा उपलब्ध अन्य सफल सामाजिक सञ्जालहरूकै स्वरुप ग्रहण गर्यो भने नेपाललाई के फाइदा होला ? नेपालीले के उपलब्धि हासिल गर्लान् ?

सगुनले विश्व बजारमा ग श्रेणीको साधारण सेयर सर्बसाधारणलाई विक्री खुल्ला गरेपछि विश्वभर रहेका नेपालीबीच यसमा लगानी गर्ने, नगर्ने बहस सुरू भएको छ । सगुनले के फाइदा देला भनेर सबैले जिज्ञासा राखिरहेका छन् ।

सगुनका संस्थापक र यसका परिकल्पनाकार नेपाली इन्जिनियर गोविन्द गिरी हुन् । संखुवासभामा जन्मेका उनी अमेरिकाको पेन्टागनमा समेत काम गरिसकेका इन्जिनियर हुन् । यसका सहसंस्थापक तथा मार्केटिंग प्रमुख कविन्द्र सिटौलाको पुख्र्यौली झापा हो । सगुन स्थापना हुँदाताका बीउ पूँजी (Seed Investors) लगानी गर्ने बहुमत सदस्यहरू मध्ये अधिकांश सदस्यहरू विदेशमा रहेका नेपालीहरू नै छन् । सगुनले तीन बर्षअघि निस्कासन गरेको प्रथम चरणको मिनी आइपिओमा पनि अधिकांश विदेशमा रहेका नेपालीले लगानी गरेका छन् ।

सगुनले तीन बर्षअघि निस्कासन गरेको प्रथम चरणको मिनी आइपिओमा पनि अधिकांश विदेशमा रहेका नेपालीले लगानी गरेका छन् ।

सगुनको केन्द्रीय कार्यालय अमेरिकामा रहे पनि यसले नेपालमा समेत छुट्टै कम्पनी दर्ता गरेको छ । अमेरिकाको सेयर बजारको नियामक निकाय सेक्युरिटी एन्ड एक्स्चेन्ज कमिसन (एसइसी) बाट मिनी आइपिओ निस्कासन गर्ने अनुमति पाउने नेपालीहरुले स्थापना गरेको पहिलो आइटी कम्पनी हो ।

सगुनले हरेक प्रयोगकर्तालाई आफूले कमाएको आम्दानी बाँड्ने फरक कन्सेप्ट ल्याएको छ । खाता खोल्दा, अरुलाई सगुनमा जोडिन सिफारिस गर्दा, सगुन एपमा भएका विभिन्न क्रियाकलापमा समय विताउँदा स्मार्ट क्वाइन कमाउन सकिन्छ । कमाईएको स्मार्ट क्वाइन किनमेल गर्न, विभिन्न अवसरहरूमा परिवारका सदस्य, साथी वा आफन्तहरूलाई पठाउन सकिन्छ । यस्तो सुविधा नेपालीले उपभोग गर्न थालिसकेका छन् । प्रयोगकर्ताले कमाएको स्मार्ट क्वाइनले नेपालमा मोवाइलको रिचार्ज कार्ड किन्न, सिनेमाको टिकट किन्न, भाटभटेनीमा सपिंंग गर्न लगायत अन्य धेरै कुराहरुमा प्रयोग गर्न सकिन्छ ।

सगुनले आफ्ने अनुसन्धान र विकास दक्षिण एशिया केन्द्रीत गरेको छ भने दक्षिण एशियामा पनि नेपाललाई प्राथमिकता दिएको सगुनका संस्थापक गोविन्द गिरी बताउँछन् । “सेयरबाट जुटेको रकम यसै क्षेत्रमा लगाउने हाम्रो योजना छ” उनले भने ।

नेपालीले अमेरिकामा स्थापना गरेको सगुनले दक्षिण एशियालाई केन्द्रीत गरेर बजार विस्तार सुरु गरिसकेको छ । मिनी आइपिओ जारी गरेर ग्लोबल कम्पनीमा विस्तार हुँदै गरेको कम्पनीको दक्षिण एशिया क्षेत्रमै बढी प्रयोगकर्ता छन् ।

कम्पनीका संस्थापक गिरीका अनुसार सगुनका प्रयोगकर्ताको सँख्या ५६ लाख नाघेको छ । तीमध्ये अधिकांश प्रयोगकर्ता भारत र नेपालमै छन् । सोसियल मिडियामा अमेरिकी कम्पनीको आधिपत्य छ । सगुनले आफूलाई विश्वमा दक्षिण एशियाली प्रोडक्टका रुपमा चिनाउन चाहेको छ, सोही अनुसार काम सुरु गरिसकेको छ ।

सोसियल मिडियामा अमेरिकी कम्पनीको आधिपत्य छ । सगुनले आफूलाई विश्वमा दक्षिण एशियाली प्रोडक्टका रुपमा चिनाउन चाहेको छ, सोही अनुसार काम सुरु गरिसकेको छ ।

यसले भारत र नेपालमा कार्यालय स्थापना गरेर आफ्नो बजार विस्तार गरिरहेको छ । भारत स्थित कार्यालयमा सगुनको अनुसन्धान र विकासको काम भइरहेको छ । सगुन दक्षिण एशियामा लन्च गर्दा बलिउड अभिनेतृ नेपाली चेली मनिषा कोइरालालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको थियो । नेपालमा २०७२ सालमा गएको भुकम्पका बेला धुर्मुस सुन्तली फाउन्डेसनसँग मिलेर सगुनले पुननिर्माणमा सघाएको थियो ।

सगुनका संस्थापक गिरी आफ्नो महत्वाकांक्षी प्रोजेक्ट सोसियल स्मार्ट कार्डलाई नेपाल र भारतमा पाइलट प्रोजेक्टका रुपमा सुरु गर्न लागिएको बताउँछन् । इन्टरनेटका दक्षिण एशियामा ६ सय मिलियनभन्दा बढी युजर छन् । यी युजरहरुलाई सगुनको प्रोडक्टहरुबाट लक्षित रहेको गिरीले बताए ।

अहिलेका आइटीका ठूला कम्पनीहरु फेसबुक, अलिबाबा, उबर, गुगल, ट्विटरजस्तै बन्न सक्ने सम्भावना र आकांक्षा बोकेको सगुनमा लगानीको अबसर एकचोटि फेरी आएको छ । सगुन पूर्ण आइपीओ (NYSE) जाने समयसम्म यसलाई सकेसम्म धेरै मूल्यको कम्पनी बनाउने र यसका लगानीकर्ताहरुलाई आफ्नो लगानीको धेरैभन्दा धेरैे प्रतिफल उपलब्ध गराउने सगुनको लक्ष्य रहेको छ । यसै अनुसार एउटा सानो अनुमान गर्न सकिन्छ । मानौ, १ अर्ब डलरको कम्पनीको भ्यालुएसनमा सगुन पूर्ण आइपीओमा (NYSE) गएको अवस्थामा सुरुमा लगानी गर्ने (सीड इन्भेस्टर)हरुको लगानी ५०० गुणाले बढ्छ, सगुनका संस्थापक गिरीले भने, एक जनाको कम्तीमा १० हजार डलर लगानी छ, यस हिसावले हरेक लगानीकर्ता मिलेनियर हुन्छन् ।

यसैगरि पहिलो र दोश्रो चरणका लगानीकर्ताहरुले जुन मूल्यमा सेयर खरिद गरेका भएता पनि कम्पनीको भ्यालुएसन बढेको अनुपातमा उनीहरुले लगानी गरेको रकमको प्रतिफल बढेको हुन्छ । यसलाइ अझ सरल भाषामा भन्नुपर्दा, लगानीकर्ताहरुले लगानी गर्दा कम्पनीको मूल्य जति थियो वा छ त्यसको दाँजोमा सगुन पूर्ण आइपीओमा (NYSE) जाँदाको भ्यालुएसन जुन अनुपातमा बढेको हुन्छ, लगानीकर्ताहरुको लगानीको प्रतिफल पनि त्यही अनुपातमा बढ्छ ।

यसलाइ अझ सरल भाषामा भन्नुपर्दा, लगानीकर्ताहरुले लगानी गर्दा कम्पनीको मूल्य जति थियो वा छ त्यसको दाँजोमा सगुन पूर्ण आइपीओमा (NYSE) जाँदाको भ्यालुएसन जुन अनुपातमा बढेको हुन्छ, लगानीकर्ताहरुको लगानीको प्रतिफल पनि त्यही अनुपातमा बढ्छ ।

माथिको उदाहरणमा लिइएको भ्यालुएसनलाई नै मान्ने हो भने पनि पहिलो वा दोश्रो चरणमा औषतमा एक हजार डलर लगानी गर्ने लगानीकर्ताहरुको प्रतिफल समेत लाखौं डलर बराबरको हुनसक्छ । एक अर्ब डलरको कम्पनी हुन करीब १ करोड ५० लाख एक्टिभ युजर भए पुग्छ । ती मध्ये अधिकांश मिलेनियरहरु नेपाली/नेपाली भाषी नै हुन्छन् र तिनीहरू नेपालसंगै हुन्छन् ।

सगुन ठूलो कम्पनी बन्दा यसलाई चाहिने जनशक्ति पाएसम्म नेपालीलाई प्रयोग गरिने संस्थापक गिरीको दावी छ । सगुनले उन्नती गर्दा रोगगारीको अबसर पाउने नेपाली नै हुन्, उनले भने । सगुनले नेपालमा कमाउने रकम नेपालमै खर्च गर्ने पनि गिरीले बताए । सगुनले विदेशमा कमाएको बैदेशिक मुद्रा नेपालमा भित्रिन्छ, उनले भने, सगुन नेपालमा समेत कम्पनीका रुपमा दर्ता भएकाले त्यहाँ कमाएको रकम विदेश जाँदैन, नेपालमै खर्च हुन्छ ।

त्यसले नेपालको अर्थतन्त्रमा योगदान दिन्छ, रोजगारी सिर्जना गर्न पनि मद्दत पुग्छ । यस्तो प्रकारको अवस्था सिर्जना हुनु भनेको नेपाललाई दक्षिण एसिया हुंदै विश्वको आइटी हवको रुपमा विकास गराउन मार्ग प्रसस्त हुनसक्छ । अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी) को अनुमति लिएर सगुनले ग श्रेणीको साधारण सेयर विश्वबजारमा निस्कासन गरेको छ ।

प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सेयर विक्रीका लागि निस्कासन गरिएकोमा विश्वभर रहेका सर्बसाधारणले कम्तिमा ३० कित्ता सेयर (९ सय डलरको) खरिद गर्न सक्नेछन् ।

सगुन (sagoon)को सेयर खरिद गर्न इच्छुक ब्यक्तिले https://www.sagoon.com/invest   मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ (Sagoon Mini-IPO) ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *