दुई विधेयक प्रमाणीकरण

डिसी नेपाल
२९ जेठ २०७७ १७:२१
बुटवल । प्रदेश नं ५ को प्रदेशसभा बैठकबाट पारित दुई विधेयकलाई प्रदेश प्रमुख धर्मनाथ यादवले आज प्रमाणीकरण गरेका छन् ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले  पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६  प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  ती विधेयक प्रदेशसभाको यही जेठ १४ गतेको बैठकबाट पारित भएको थियो ।
नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.