मानसिक सन्तुलन बिग्रिएकी एक महिलाको उपचारका लागि युट्युबबाट अर्थ सङ्कलन
तम्घास । गुल्मीमा मानसिक सन्तुलन बिग्रिएकी एक महिलाको उपचारार्थ युट्युुबको माध्यमबाट आर्थिक सङ्कलन शुरु गरिएको छ । मालिका गाउँपालिका वडा नं ७ घमिर टुनिखोलाकी ३८ वर्षीया कमला सुनारको उपचारार्थ युट्युबका माध्यमबाट आर्थिक सङ्कलन थालिएको हो । उनि विगत दुई वर्षदेखि मानसिक रोगी छन् ।
रोग लागेदेखि नै औषधि सेवन थाले पनि रकम अभावले अहिले औषधिसमेत ल्याउन सकेकी छैनन् । नौ महिनायता औषधिकोअ अभाव रहेको जनाइएको छ । हाल उनलाई दाम्लोमा बाँधेर राखिएको जनाइएको छ । युट्युब सञ्चालक सुमन पन्थीले उनको दर्दनाक भिडियो युट्युबमा राखेर आर्थिक सहयोगका लागि आह्वान गरेका छन्। यसरी भिडियो राखेको ६ दिनमै उनलाई रु ५० हजार सहयोग जुटेको उनले बताए ।
सोही आर्थिक सहयोगको सङ्कलित रकमले कमलाका श्रीमान्ले थप उपचारका लागि भैरहवा लैजाने तयारी गरेका छन् । उनको उपचारका लागि रु एक लाख लाग्ने अनुमान गरिएको छ । तर अहिले उठेको रकमबाट उपचार गर्ने र सहयोगको प्रतिबद्धता आएको रकमबाट थप औषधि किन्ने परिवारको योजना छ ।







डिसी नेपाल








Facebook Comment