कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो, २० जनाको मृत्यु १ हजार बढी संक्रमण मुक्त

डिसी नेपाल
३ असार २०७७ १६:३२

काठमाडौं । थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा थप ५ सय ४६ जना पुरुष र ४० जना महिला गरी थप ५ सय ८६ जनामा कोरोना पोजेटिभ देखिएको हो। यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ हजार १ सय ७७ पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म ६ हजार ६ सय ३८ जना पुरुष र ५ सय ३९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्य २० जनाले ज्यान गुमाएका छन् भने १ हजार १ सय ६७ जना निको भएर घर फिर्ता भएका छन्।

पछिल्लो २४ घण्टामा बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँके बैजनाथ गाउँपालिका ६ की ४६ वर्षिया महिलाको गत असार १ गते कोहोलपुर मेडिकल कलेजमा उपचार गर्ने क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उनलाई गत जेठ ३० गते मृगौला सम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । असार १ गते स्वाब संकलन गरे पनि स्वाको रिपोर्ट आउनु पहिले नै उनले संसार छोडेकी छन्। उनको मृत्युपछि आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको छ।

हालसम्म ७३ जिल्लामा कोरोना फैलिएको छ। ५ हजार ९ सय ९० जनाको विभिन्न आइसोलेसनमा राखेर उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *