प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह आईओएमको डिनमा नियुक्त

डिसी नेपाल
३ असार २०७७ २०:४२

काठमाडौं। त्रिभुवन विश्व विद्यालयले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा प्राध्यापक डाक्टर दिव्या सिंह शाह नियुक्त भएकी छन्। त्रिवि कार्यकारी परिषदले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सकसमेत रहेकी शाहलाई नियुक्त गरेको हो।

बुधबारमात्र प्रा.डा. प्रेम ज्ञवालीको संयोजकत्वमा रहेको सिफारिस समितिले शाह, प्राडा प्रदीप वैद्य र प्राडा उक्तमकृष्ण श्रेष्ठको नाम डिनका लागि सिफारिस गरेको थियो। प्रधानमन्त्री ओली निकट रहेकी शाहले आफूभन्दा वरिष्ठलाई पाखा लगाउँदै डिन पाएकी हुन्। शाहभन्दा वैद्य वरिष्ठ हुन्।

डिन नियुक्तिका विषयमा प्रतिक्रिया दिँदै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. जीवन क्षेत्रीले शाहको नियुक्ति वरिष्ठलाई मिचेर भएको बताए। उनले डिसी नेपालसँग भने, उहाँभन्दा एकजना वरिष्ठ हुनुहुन्थ्यो, वरिष्ठका आधारमा हुन सकेन। यसले थिति बिग्रन्छकी भन्ने चिन्ता हो।

उमेर हदका कारण प्राडा जगदिशप्रसाद अग्रवालले गएको जेठ २१ मा अवकास पाएपछि आईओएम ििडनबिहीन थियो। प्रधानमन्त्री निकट रहेकी प्राडा शाहले यसअघि पनि मेडिकल काउन्सिलमा नियुक्ति पाएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *