नयाँ नक्शाका लागि संविधान संशोधन भएपछि बालुवाटारमा दीपावली
काठमाडौं। नेपालको नयाँ नक्शालाई सरकारको निशान छापमा समेटन संविधान संशोधन भएको खुशीयालीमा बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पनि दीप प्रज्वलन गरेका थिए।

बिहीबार राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक पारित भएपछि बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक प्रमाणीकरण गरेकी थिइन्। लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटिएको नेपालको नक्शा निशान छापमा समेट्न संविधान संशोधन गरिएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment