थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८

डिसी नेपाल
१० असार २०७७ १६:२८

काठमाडौं । कोरोनाबाट गत २४ घण्टामा थप ६२९ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बागमति प्रदेशको सरुवा बाहेकका ७६ जिल्लाबाट उक्त संख्यामा संक्रमितहरु थपिएका हुन्। यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १० हजार ७ सय २८ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ६ हजार ८ सय २८ जनामा पिसीआर परीक्षण गरिएको थियो भने १२ हजार १ सय १२ जनाको आरडिटी परीक्षण गरिएको थियो ।

हालसम्म ७८ हजार ६ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ३ सय ६६ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

यस्तै, १९७ जना महिला र २ हजार १ सय ४१ जना पुरुष गरी २ हजार ३ सय ३८ जना कोरोना निको भएर घर फर्किएका छन्। गत २४ घण्टामा मात्र १ सय १४ जना कोरोना संक्रमित निको भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *