थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११७५५

डिसी नेपाल
१२ असार २०७७ १६:३०

काठमाडौं । गत २४ घण्टामा थप ६९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार २ सय ४९ महिला र १० हजार ५ सय ६ जना पुरुष सहित ११ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

हालसम्म २ हजार ६ सय ९८ जना कोरोना संक्रमण जितेर घर फर्किसकेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले दिएको जानकारी अनुसार २ लाख ९० हजार २ सय ४९ जनाको कोरोना पिसिआर परीक्षण गरिएको छ।

हालसम्म ७१ हजार १२ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ३० जनाको देशका विभिन्न आइसोलेसन कक्षमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *