विश्वभर झन् फैलियो कोरोना संक्रमण, २४ घण्टामा १ लाख ९३ हजार संक्रमित थपिए

डिसी नेपाल
१३ असार २०७७ ७:५०

काठमाडौँ । बिगत चार महिनादेखि विश्वभर कोरोना भाइरसको संक्रमण झन् तिब्र गतिमा फैलिएको छ । पछिल्लो २४ घण्टामा विश्वका २१३ देशमा १ लाख ९३ हजार ९७४ जना नयाँ संक्रमित फेला परेको वल्डोमिटरले जनाएको छ।

यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या ९८ लाख ९८ हजार ३३१ पुगेको छ।

यस्तै, कोरोना संक्रमित तिब्र फैलिए पनि यसबाट ज्यान गुमाउनेको दर भने उस्तै छ । शुक्रबार विश्वभर ४ हजार ८९१ जना संक्रमितको ज्यान गएको छ। यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ९६ हजार ७७ पुगेको छ ।

शुक्रबार, कोरोना संक्रमित मध्ये ९८ हजार ४८४ जना निको भएर घर फर्किएका छन् । यो सँगै विश्वभर कोरोनालाई जितेर घर फर्किनेको संख्या ५३ लाख ५३ हजार ४४० पुगेको छ ।

सबैभन्दा बढी प्रभावित १५ देशको तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *