बुद्धचित्तसहित पक्राउ

डिसी नेपाल
१४ असार २०७७ १९:५४

काठमाडौं । अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित काठमाडौँको स्वयम्भू बडेगालका सरोज तिमिल्सिनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ किलो ७०० ग्राम तथा नउनेको अवस्थामा रहेको बुद्धचित्त २४ किलोसहित प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तिमिल्सिनाको घरमा अवैधरुपमा बुद्धचित्त सञ्चय गरिराखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको बुद्धचित्त फेला पारेको हो । सानो माला ४१६ थान र ठूलो माला छ थान फेला पारिएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *