पूर्वराजालाई भेट्न नपाएको भन्दै शीतलनिवास अगाडि आत्मदाहको प्रयास
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शीतलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्।
पूर्वराजालाई भेट्न पाँच पटकसम्म प्रयास गरे पनि भेट्न नपाएपछि मंगलबार उनले शीतलनिवास अगाडि आत्मदाहको प्रयास गरेका हुन्।
आत्मदाह गर्न खोज्ने युवक रामेछापको दोरम्बा गाउँपालिका–१ का २७ वर्षीय विशाल तामाङ हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ।
‘आत्मदाह गर्छु’ भन्दै शरीरमा पेट्रोल खन्याउन खोजेपछि प्रहरीले उनको साथबाट पेट्रोल बरामद गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार उनलाई शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएर काउन्सेलिङ गरेपछि छाडिएको हो।
बालाजुको बेकरी उद्योगमा काम गर्दै आएका तामाङ जोरपाटीमा बस्थե। उनले जोरपाटीको लामा पम्पबाट पेट्रोल खरिद गरेर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पूर्वराजालाई भेट्न धेरै प्रयास गर्दा पनि भेट्न नपाएपछि आफूले आत्मदाहको बाटो रोज्न खोजेको उनले प्रहरी समक्ष बताएका छन्।






डिसी नेपाल





Facebook Comment