भारतका ह्वात्तै बढे संक्रमित, १६ हजार भन्दा बढीको मृत्यु

डिसी नेपाल
१५ असार २०७७ ७:३६

नयाँ दिल्ली। भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १९७ पुगेको छ।

तीमध्ये ३ लाख २१ हजार उपचारपछि निको भएका छन् भने २ लाख १० हजार को उपचार भइरहेको छ। संक्रमित बढेसँग उत्तर प्रदेश र मध्य प्रदेश सरकारले घर घरमा गएर कोरोनाको टेस्ट गर्ने निर्णय गरेको छ। अहिलेसम्म दिल्ली, मुम्बईसहित केही अन्य स्थानमा पनि घर घरमा गएर कोरोनाको टेस्ट गरिँदै आएको छ।

पाँच दिनदेखि दैनिक २ लाख भन्दा बढी परीक्षणहरू भइरहेका छन्। भारतमा लगातार पाँच दिनदेखि २ लाख भन्दा बढी टेस्ट भइसकेका छन्। भारतमा हालसम्म कोरोना संक्रमणबाट १६ हजार १ सय ३ जनाको मृत्यु भइसकेको छ।

महाराष्ट्रमा सबैभन्दा बढी ७ हजार २ सय ७३ जनाको मृत्यु भएको छ। तर जनसंख्याको हिसावले सबैभन्दा धेरै मृत्यु राजधानी दिल्लीमा भएको छ। दिल्लीमा प्रति १० लाख जनसंख्यामा १२९ मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *