प्रदेश १ मा थप ११ जना सङ्क्रमित

डिसी नेपाल
१८ असार २०७७ २०:४१

विराटनगर । प्रदेश नं. १ मा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चार महिला र सात पुरुष गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र काठमाडौँको टेकुमा गरिएको परीक्षणमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मोरङमा छ, सुनसरीमा तीन, खोटाङ र झापामा एक÷एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश नं. १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६१५ पुगेको छ । अहिलेसम्म ४०० जना उपचारपछि निको भएर घर फर्किएका छन् । आज देखिएका सङक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको व्यवस्थापनको काम भइरहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *