आइसोलेशन कक्षमा मृत्यु भएका सदाको न्यायको माग गर्दै प्रदर्शन

डिसी नेपाल
१८ असार २०७७ २१:०९

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा मृत्यु भएका राजु सदाको न्यायको माग गर्दै दलित संघर्ष समितिले आज जनकपुरधाममा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले मृतक सदालाई न्याय र अस्पतालका चिकित्सकलाई कारवाहीको माग गरेका हुन् । आरडीटी नतिजा पोजेटिभ आएपछि हंसपुर नगरपालिका–७ प्रसाहीका १६ वर्षीय सदालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा जेठ २९ गते भर्ना गरिएकोमा उनको असार ९ गते मृत्यु भएको थियो ।

झाडापखाला लागेको अवस्थामा अस्पतालका चिकित्सकले पानीसम्म नदिएका कारण छटपटिएर राजुको मृत्यु भएको भन्दै समितिले आज न्यायको मागसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीले कही राउण्ड अश्रुग्यास तथा हवाइ फायर प्रहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले प्रदर्शनकारी मुख्यमन्त्री कार्यालय नजिक अनियन्त्रित भएपछि भीडलाई नियन्त्रण गर्नका लागि केही राउण्ड अश्रुग्यास प्रहार गरिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *