साइकलमा कुदिरहेको स्वच्छ वातावरणको सपना

डिसी नेपाल
२० असार २०७७ ११:२२

चितवन। एक सपना, साइकल र सफा सहरको अभियान बोकेर हिँडेकी र साइकललाई कसरतको लागि मात्र प्रयोग नगरी दैनिक जीवनमा प्रयोग गर्न हौसला दिने महिला हुन् रुक्मिनी सापकोटा घिमिरे। यति मात्र नभई उनी स्मल हेभन मोडेल स्कुलकी गणित विषयकी शिक्षिका पनि हुन् ।

चितवनमा साइकल चलाउने महिलाको संख्या धेरै छ तर रुक्मिनी सापकोटा पहिलो महिला हुन् जसले ब्यवसायिक रूपबाट साइकल चलाउन सुरु गरिन् र नेपालका लगभग धेरै भूभागमा पुगिसकिन्। आज भन्दा करिब दस बर्ष अगाडि उनको आफ्ना श्रीमान केशव घिमिरेको साथमा पहिलो लामो साइकल यात्रा सुरु भयो। पहिलो पटक यी दम्पती नेपालको धार्मिक र लोकप्रिय ठाउँ मुक्तिनाथ पुगेका थिए ।

मुक्तिनाथपछि उनी नेपालका सुन्दर ठाउँ हरु संसार माझ चिनाउन हिँडिन्। साइकल यात्राको दौरान उनी चितवनको अधिकांश भाग सम्मदेखि पहाडसम्म,देबघाटदेखि लुम्बिनी ,काठमाडौ, पशुपती मन्दिरबाट सिन्धुलीगढी हुँदै जनकपुर नारायणगढ, नारायणगढदेखि बन्दिपुर,नारायणगढ – देबचुली, नारायणगढ – पोखरा,नारायणगढ – काठमाडौँजस्ता अनेकौँ ठाउँमा पुगिसकेकी छिन् ।

उनले साइक्लिङ गर्नुको साथसाथै विकट क्षेत्रका बासिन्दाहरुलाई वातावरण तथा सरसफाइ र अन्य कुराको ज्ञान दिने गर्छिन्। आफुले साइकलद्वारा लुकेका स्वर्गजस्तो ठाउँमा पुगि उक्त ठाउँको प्रचारप्रसार पनि गर्ने गर्छिन। उनको यही बानीले गर्दा अहिले विभिन्न होम स्टे तथा पहाड बस्तीमा उनलाई आउन गाउँ बासीले अनुरोध गर्ने गर्दछ्न। होम स्टेका सन्चालकहरुका अनुसार रुक्मिनी सापकोटा आफ्नो होम स्टे तथा गाउँमा आएपछि देशका विभिन्न भागबाट आउने पर्यटकहरु बढेको र ठाउँको प्रचार प्रसार पनि भएको बताएका छन।

जुनबेला उनीहरु मुक्तिनाथ पुगेका थिए, चितवनमा साइकल अहिलेको जस्तो व्यापक प्रचलनमा थिएन। रुक्मिनी सापकोटाले आफ्नो अध्यापन सँगसँगै साइकल यात्रालाई सधैँ साथमा बोकेर हिँडिन।उनिलाई घर परिवार तथा आफन्तबाट त सहयोग भयो भयो स्कुलबाट पनि उनीले धेरै सहयोग पाइराखेकी छिन् ।

रुक्मिनी सापकोटा मिजासिलो,सहयोगी हुनुको साथसाथै उनको बचेको समयलाई सामाजिक काममा खर्च गर्ने गर्छिन। वे ग्रुप नेपालबाट प्रभावित भएकी यिनले वे ग्रुपको पाइलालाई पछ्याउँदै आफ्नै विद्यार्थीहरुलाई समेत नैतिकबान र जिम्मेबार बन्न प्रेरणा दिएकी छिन।उनकै पहल र स्कुलको सहयोगमा स्मल हेभन मोडेल स्कुल र अन्य केही स्कुलमा साइक्लिङ क्लब पनि गठन भएको छ।स्कुलका बच्चाहरुलाई हरेक शनिबार तथा बिदाको समयमा विभिन्न नयाँनयाँ ठाउँमा साइक्लिङ्ग गराउने र उक्त ठाउको सरसफाइ पनि गराउने गरेकी छिन।

रुक्मिनी सापकोटाको भनाइ अनुसार उनले साइक्लिङ गर्ने समयमा चितवनमा खासै राइडर्स नै थिएनन् , तर अहिले चितवनमा साइकल प्रेमी बढेको देख्दा आफ्नो अभियान सफल नजिक पुगेको महसुस भएको बताएकी छिन।साइकल चलाउने गर्दा आफ्नो स्वास्थ्य त राम्रो हुन्छ त्यसै गरी वातावरण र पैसा पनि बचाउन सकिन्छ।चितवनमा महिला साइकल यात्री खासै नभएको र आफ्नो अभियानबाट अब केही समयमा नै महिला साइकल यात्री बढ्ने विश्वास उनले गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *