विदेश जान एक सातामा १६ सय ५४ नेपालीले लिए पुनः श्रम स्वीकृति
काठमाडौँ । वैदेशिक रोजगारीमा फर्कन एक सातामा १६ सय ५४ जनाले पुन: श्रम स्वीकृति लिएका छन् । एक हप्ताको अवधिमा काेराेना महामारी अघि घर विदामा १४६६ पुरुष र १८८ महिलाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलले जनाएको छ।
यो अवधिमा सबैभन्दा धेरै यूएई फर्कनेले पुनः श्रम स्वीकृति लिएका छन् । यूएई जान ६५७ पुरुष र १७७ महिलाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
यसबाहेक अफगानस्तान ३, बहराइन २०, ब्रुनाई १९, ब्रुकिना फासो १, क्याडा १, चेक रिपव्लिक ४, फिनलाण्ड १, इजराइल १०, जापान २६८, जोर्डन ४ , कुवेत ५५, लेवनान १, मकाउ २६, मलेसिया १४७, माल्दिभ्स ९, माल्टा ३८, न्युजिल्याण्ड ३, ओमन २४, पोल्याण्ड २५, कतार १६०, दक्षिण कोरिया १५, लिथुनिया १, रोमानिया ९, सिसेल्स १, साइप्रस ६, युगाण्डा २ र अमेरिका जान ४ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका छन्।
सरकारले गएको बिहीबारबाट विगत ४ महिनादेखि बन्द रहेको वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु गरेको थियो । नयाँ श्रम स्वीकृती भने अहिले दिइएको छैन ।
तर, अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले अहिले नै विदामा नेपाल आएका नेपालीहरु पुनः श्रम स्वीकृती लिएर सोही कम्पनीमा रोजगारीका लागि फर्कन कठिन छ । पुनः श्रम स्वीकृती लिएका केही श्रमिक भने सम्भव भएसम्म मंहगो भाडा तिरेर चार्टर्ड प्लाइटमा फर्कन थालेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment