राजा त्रिभुवनकी कान्छी छाेरीकाे निधन

डिसी नेपाल
२९ असार २०७७ १२:१३

काठमाडौं। राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी भारती राज्यलक्ष्मीदेवी भंजको आइतबार निधन भएको छ। तत्कालीन राजकुमारी भारतीको ९२ वर्षको उमेरमा भारतको ओडिशा राज्यको बरिपाडास्थित आफ्नै निवासमा निधन भएको थियो ।

यसअघि ठिक १ महिना अगाडि गएको जेठ २८ मा भारतीकी दिदी, पूर्व अधिराजकुमारी नलिनी राज्यलक्ष्मी देवी सिंहको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको थियो ।

नलिनिको निधनपछि राजा त्रिभुवनका छोराछोरीमध्ये भारती मात्र बाँकी थिइन् । हिजो भारतीको निधन भएसँगै अब राजा त्रिभुवनका छोराछोरी कोही पनि बाँकी रहेनन् । भारती मयुरभंज राज्यकी राजमाता थिइन् । त्यहाँका तत्कालीन राजासँग भारतीकाे विवाह भएको थियो । भारतीको १७ फेब्रुअरी सन् १९२८ मा नारायणहिटी राजदरबारमा जन्म भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *