आफ्नै भान्जाको हत्या गर्ने मामा १३ बर्षपछि पक्राउ

डिसी नेपाल
४ साउन २०७७ १४:४५

काठमाडौं। आफ्नै भान्जाको अपहरण पश्चात हत्या गरेर फरार रहेका भारतीय नागरिक राजेशकुमार गुप्तालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी अपराध महाशखाको टोलीले उनलाई १३ वर्षपछि पक्राउ गरेको हो।

महाशाखाको टोलीले सर्लाहीको मलंगवाबाट उनलाई शनिबार पक्राउ गरी काठमाडौं ल्याएको जनाएको छ। प्रहरीका अनुसार २०६४ साल असोज २४ गते गुप्ताले तत्कालीन समयमा राई स्कुल जोरपोटीमा कक्षा ७ मा अध्ययनरत रोहित गुप्तालाई अपहरण गरी हत्या गरेका थिए।

रोहितका बुबा बासुदेवसँग गुप्ताले २ लाख ५० हजार फिरौती मागेकोमा सो रकम बुझाएर पनि भान्जालाई अपहरण मुक्त नगरी हत्या गरेका थिए। भान्जाको हत्यापछि उनले बालकको शवलाई शव कमलादीस्थित गणेश मन्दिर सडक पेटीमा फालेर फरार रहेका थिए।

सो घटनामा धादिङका विष्णु सुनारको समेत संलग्नता रहेको खुलेपछि प्रहरीले २०६४ मंसिर १२ गते नै पक्राउ गरेको थियो उनी हालपनि कारागारमै रहेका छन्। प्रहरीले गुप्तालाई सर्लाहीबाट पक्राउ गरेको भनिएपनि उनी भारतमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको हो। उनलाई पक्राउ गर्न महशाखाबाट प्रहरी निरीक्षक र प्रहरी नयाव निरीक्षक दुई अधिकृत भारत गएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *