भोटेकोशी बाढी प्रभावित संवेदनशील समूहलाई सहयोगका लागि सम्पर्क गर्न आग्रह
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीबाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक सहयोग चाहिए सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विपद्को अवस्थामा जोखिममा रहेका नागरिकलाई आवश्यक सहयोग तथा सेवा उपलब्ध गराउन विभिन्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ।
आपतकालीन सम्पर्क नम्बरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय: ०१-४२०००८२, राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र: १२३४, १११२, बालबालिका खोजतलास सेवा: १०४ र राष्ट्रिय महिला आयोग: ११४५ रहेका छन्।
विपद्को समयमा आफू सुरक्षित रहन, जोखिममा रहेका व्यक्ति तथा परिवारलाई सहयोग गर्न र आवश्यक सूचना सम्बन्धित निकायसम्म तत्काल पुर्याउन आग्रह गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment