गथांमुग दहन गर्दै मनाइयो घण्टाकर्ण पर्व

डिसी नेपाल
४ साउन २०७७ २२:११

भक्तपुर । कोरोनाको कहर र झरीका बीच पनि भक्तपुरमा आज घण्टाकर्ण अर्थात् गथांमुग पर्व मनाएका छन् । भक्तपुर नगरपालिकाले औपचारिकतामा मात्रै पर्व मनाउन आह्वान गरे पनि स्थानीयले भने घण्टाकर्ण बनाएरै गथांमुग पर्व मनाएका छन् । यो पर्वसँगै नेवार समुदायमा जात्रापर्वको माहोल शुरु हुने परम्परा छ । भक्तपुरको चोकचोकमा गथांमुग दहन गरिएको छ ।

गथांमुगको भीमकाय शरीरमा लिङ्गस्वरुप तस्बिर टाँसिन्छ भने केही ठाउँमा काठको लिङ्ग र दुई भोगटेको अण्डकोष राख्ने गरिन्छ । कतैै महिला गथांमुगः बनाएर योनीसमेत बनाउने गरिन्छ । गथांमुगः दहनका बेला महिला र पुरुषको सम्भोग आवश्यक छ भन्ने भाव झल्किने गीतसमेत गाउने गरिन्छ ।

किसानले रोपाइँ गर्न शक्तिशाली गथांमुग राक्षसलाई बोलाउने गरेको र अहिलेको समयलाई धान रोपेर किसान आराम गर्ने समय भएकाले राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गथांमुगः दहन गरिने परम्परा रहेको मानिन्छ । यो पर्वलाई यौन शिक्षा दिने पर्वका रुपमा पनि लिइन्छ भने गथांमुगः दहन गर्न लैजाँदा अश्लील गीत गाउने गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *