सुनको मूल्यमा नयाँ रेकर्ड कामय, प्रतितोला ९४ हजार
काठमाडौं । नेपाली बजारमा बुधबार एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० पुगेको छ।
मङ्गलबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० र तेजाबी सुन प्रतितोला ९२ हजार २६० मा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ९५ ले बढेर एक हजार १३५ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔँस एक हजार ८६८.४५ डलर पुगेको छ। अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए।
दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोवार शून्यमा झरेको महासंघले जनाएको छ । “नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोवार शून्य भएको हो”, उनले भने। देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment