लकडाउन हटेपछि राष्ट्रपतिले भनिन्, ‘जोखिम अझै टरेको छैन’

डिसी नेपाल
७ साउन २०७७ १६:०४

काठमाडौं । सरकारद्वारा लकडाउनको अन्त्य भएको घोषणा भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको जोखिम अन्य नभएको बताएकी छन्।
बुधबार सामाजिक सञ्जाल ‘ट्वुटर’मार्फत राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन । तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु।’

कोरोनाको दोस्रो केस देखिएपछि गत चैत्र ११ गतेदेखि सरकारले लकडाउनको घोषणा गरेको थियो । कोरोनाको संक्रमण र जोखिम न्यूनिकरण गर्न गरिएको लकडाउन असार १ गतेदेखि केही खुकुलो पारिए पनि मंगलबार औपचारिक अन्त्य भएको सरकारले घोषणा गरेको हो।

सरकारले मंगलबार लकडाउन अन्त्य भएको जानकारी गराउँदै साउन १५ देखि होटल÷रेष्टुरेन्ट र भदौ १ गतेदेखि विद्यालय भर्ना र परीक्षाअनुमति दिने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *