सगुनद्वारा ४ जना सल्लाहकारलाई बोर्डमा नियुक्त

डिसी नेपाल
८ साउन २०७७ १२:२०

वासिङटन डिसी। सामाजिक ई–कमर्स स्टार्टअप कम्पनी सगुले ४ जना सल्लाहकारलाई बोर्डमा नियुक्र गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दैै सगुनले ४ जनलाई बोर्डमा नियुक्त गरेको जानकारी दिएको छ।

सगुनले दिएको जानकारी अनुसार सल्लाहकार समितिको सदस्इहरुमा बिमल बास्तोला (न्यूयोर्क), कपिल अधिकारी (टेक्सास), डा. शशी सिग्देल (न्यूयोर्क) र डा. केशब पौडेल (न्यू मेक्सिको) रहेका छन्। सन २०१५ देखि २०१९ सम्म गैर आबासीय नेपाली संघ (एनआरएनए) संयुक्तराज्य अमेरिकाका अध्यक्ष रहेका डा. पौडेल सगुनको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरको सगुनले जनाएको छ।

विज्ञप्तिमार्फत सगुनले उत्कृष्ट क्षमता, उर्जा र दक्षता भएका व्यक्तिहरुलाई नियुक्त गरेको र सगुनको मिसनलाई थप उचाइमा प¥याउने विश्वास समेत व्यक्त गरेको छ।

विज्ञप्तिमा सगुनका सहसंस्थापक कबिन सिटौलाले भनेका छन्, ‘यो सल्लाहकार समितिमा रहेका ब्यक्तित्वहरूसँग उत्कृष्ट क्षमता, उर्जा, र दक्षता छ। उहाँहरूको योगदानले सगुनको मिसनलाई थप उचाइमा पु¥याउने हाम्रो विश्वास छ। हामी बोर्डका सबै सदस्यहरुलाई स्वागत गर्न उत्साहित छौं । उहाँहरूले विभिन्न क्षेत्रमा दशौं वर्षसम्म नेतृत्व प्रदान गर्दै आउनु भएको छ । उहाँहरूले हासिल गर्नु भएको अनुभव र सिप सगुन को बृद्धिका लागि ठूलो सम्पत्ति हुनेछ।’

सगुनसँग जोडिन पाउँदा अत्यन्तै उत्साहित भएको बताएका छन्। उनले भने, ‘म सगुनसँग जेडिन पाउँदा अत्यन्तै उत्साहित भएको छु । यसको लक्ष्य हासिल गर्न आवश्यक पर्ने स्रोत र संसाधनहरू जुटाउने दिशामा मेरा प्रयासहरू रहने छन् ।’

सगुन नेपाल र विश्वभर रहेका नेपालीहरुको बीच ठूलो मौका र मूल्य सृजना गर्ने अवसरकार साथ अगाडी बढिरहेको उनको भनाई रहेको छ।

उनले भने, ‘नेपाली मुलबाट अएको यो फरक आविष्कारको अवधारणाले सोसल मिडियासँग कुराकानी गर्ने हाम्रो तरिकामा उल्लेखनीय परिवर्तन ल्याउनेछ। मलाई लाग्छ, सगुन विशेषगरी नेपाल र विश्वभरि रहेका नेपालीहरुबीच ठूलो मौका र मूल्य सिर्जना गर्ने अवसरहरूका साथ अगाडि बढिरहेको छ। यस कम्पनीलाई सबै नेपाली ‘डायस्पोरा’बीच प्रेरणादायी बनाउन म सक्दो प्रयास गर्नेछु।’

सगुनका सल्लाहकार समिति सदस्य बिमलराज बास्तोला ब्यवसायी भएको र उहाँसँग सफ्टवेयर, तेल र ग्यास ब्यवसायका साथै अमेरिका, भारत, नेपाल, बंगलादेश र अफ्रिकामा रियल स्टेट सम्बन्धी व्यवसाय संचालन गरेको २५ बर्षभन्दा बढीको अनुभव रहेको सगुनले उल्लेख गरेको छ । उनले क्विन्स कलेजबाट कम्प्युटर विज्ञान र सेन्ट जोन्स विश्वविद्यालय न्यूयोर्कबाट एमबीए गरेका छन्।

यस्तै, सदस्य डा. केशब पौडेलसँग क्लिनिकल र एकेडेमिक मेडिसिनमा मात्र नभई मेडिकल एडमिनिस्ट्रेशनमा पनि २० बर्षको अनुभव रहेको छ। उनले न्यू मेक्सिको हस्पिटल मेडिसिन सासाइटीको अध्यक्षको रूपमा सेवा गरेका छन्। अहिले उनी एनआरएनएका प्रमुख संरक्षकको रूपमा कार्यरत छन्। उनले मोन्टेफोर मेडिकल सेन्टर न्यूयोर्कबाट एमडी र टेनेसी विश्वविद्यालयबाट एमबीए गरेका छन्।

सगुनले सल्लाहकारमा नियुक्त गरेका कपिल अधिकारीसँग रिटेल फ्रेंचाइजी र थोक व्यापारको २५ बर्षको अनुभव छ। उनी टेक्सास इस्टेटको नेपाली सांस्कृतिक र आध्यात्मिक केन्द्र र हिन्दू मन्दिरको बेर्ड अफ ट्रस्टीका सदस्य हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *