जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी
डडेल्धुरा । जिल्लामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो। उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment