अमेरिकामा कोरोनाबाट डेढ लाखको मृत्यु

डिसी नेपाल
१४ साउन २०७७ २१:४०

काठमाडौं । अमेरिकामा कोरेनाभाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार पुगेको छ। बुधबार कोरोनाबाट डेढ लाख बढी मृत्यु भएको न्यूयोर्क टाईम्सले जनाएको छ।

अमेरिकामा कोरोनाबाट अहिले दैनिक औसत १ हजार जनाको मृत्यु भएको छ। गत हप्तादेखि उक्त दरमा मानिसको मृत्यु भएको हो। जुन अहिलेसम्मकै खराब रेकर्ड हो। अमेरिकाका २४ राज्य र पोर्तो रिकोमा दैनिक मृत्युदर बढीरहेको छ।

अमेरिकामा कोरोनाभाइरस भेटिएको पाँच महिनामा मृत्यु हुनेको संख्या १ लाख ५० हजार पुगेको हो। अमेरिकामा अप्रिल २७मा मृत्यु हुनेको संख्या ५० हजार र मे २७ मा १ लाख पुगेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *